Games युनिकोड मिति रूपान्तरण

मिति लोड हुँदैछ...

EN

कलैयामा चक्कु प्रहार प्रकरण: एक जना पक्राउ, ५ दिनको म्याद थप

News Desk

 

AI Image
बारा, पौष २० /  बाराको कलैया उपमहानगरपालिका-४ स्थित कलैया गाउँ घर अगाडि भएको चक्कु प्रहार घटनामा संलग्न आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका-५ बरेवा टोल निवासी इमताज अन्सारी रहेका छन्। पीडितले दिएको जाहेरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रहरीका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुरेश राज भट्टका अनुसार, पक्राउ परेका अन्सारीमाथि ज्यान मार्ने उद्योग मुद्दामा बारा जिल्ला अदालतबाट ५ दिनको म्याद थप लिई थप अनुसन्धान भइरहेको छ। साथै घटनामा संलग्न अन्य आरोपितहरूको खोजी कार्य पनि जारी रहेको प्रहरीले जनाएको छ।

घटना शनिबार साँझ भएको हो। आक्रमणकारीहरूले पूर्व वडा अध्यक्ष जटाशंकर सहनीका छोरा,१८ वर्षीय रबिन कुमार सहनीमाथि शरीरका विभिन्न भागमा चक्कु प्रहार गरी मोटरसाइकल घटनास्थलमै छाडेर फरार भएका थिए।

चक्कु प्रहारबाट गम्भीर घाइते भएका सहनीको उपचार नेशनल मेडिकल कलेजमा भइरहेको परिवारजनले बताएका छन्।