Games युनिकोड मिति रूपान्तरण

मिति लोड हुँदैछ...

EN

वीरगंजमा अवैध काठबाट बनेका फर्निचरसहित पिकअप गाडी बरामद, एक जना पक्राउ

News Desk

 

पर्सा, पौष १७ / वीरगंज महानगरपालिका–२७ दरदर्वा क्षेत्रको सडकखण्डमा गस्तीमा खटिएको प्रहरीले अवैध रूपमा काठ चोरी तस्करी गरी बनाइएका फर्निचर सामग्रीसहित एक पिकअप गाडी बरामद गरेको छ।

मिति २०८२/०९/१६ गते करिब १४:३० बजे, वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले गस्तीका क्रममा पर्सागढी नगरपालिका–४ निवासी अन्दाजी ४८ वर्षीय उपेन्द्र प्रसाद कुर्मीले ना.२च २८३५ नम्बरको पिकअप गाडीमा लोड गरी ल्याएको साल जातको काठबाट बनेका फर्निचर सामग्री फेला पारेको हो।

प्रहरीले पिकअप गाडी र अवैध फर्निचर सामग्री बरामद गरी चालक कुर्मीलाई नियन्त्रणमा लिएको थियो। आवश्यक कारबाहीका लागि बरामद सामग्री तथा सवारी साधन मिति २०८२/०९/१७ गते जिल्ला वन डिभिजन कार्यालय पर्सा मा बुझाइएको प्रहरीले जनाएको छ।

बरामद काठका सामग्रीहरू:

सालको चौकस – २ पिस (२.८४ क्युविक फिट)

सालको झ्याल – २ पिस (५.३४ क्युविक फिट)

अधुरो बक्स प्लाई सेट – ३ पिस (११.७० क्युविक फिट)

अधुरो कुर्सी – ४ पिस (१.७२ क्युविक फिट)

डाइनिङ टेबल – १ पिस (२.४५ क्युविक फिट)

किचन र्‍याक/ह्याङ्गर – ३ पिस (२.४५ क्युविक फिट)

घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको सम्बन्धित निकायले जनाएको छ।