Games युनिकोड मिति रूपान्तरण

मिति लोड हुँदैछ...

EN

शुक्लाफाँटा निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको डमरु मृत फेला

News Desk


पौष १७ / शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र दोधारा चाँदनीमा बाघको डमरु मृत अवस्थामा फेला परेको छ। दोधारा चाँदनी नगरपालिका–१ स्थित गौरीशङ्कर सामुदायिक वन नजिकै जोगबुढा नदीमा करिब एक–डेढ महिनाको बाघको बच्चा मृत भेटिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए।


उनका अनुसार डमरु नजिकैको भारतीय वन क्षेत्रबाट आएको हुन सक्ने अनुमान गरिएको छ। डमरुको शव परीक्षण भइसकेको र अब आवश्यक निर्णय सम्बन्धित विभागले गर्ने उनले बताए। नदी किनारमा डमरु अशक्त अवस्थामा देखेपछि स्थानीयले निकुञ्ज कार्यालयलाई खबर गरेका थिए।